मेगा बैङ्कको कामु सिइओमा रविना देशराज

मेगा बैङ्कको कामु सिइओमा रविना देशराज

काठमाडौँ : मेगा बैङ्क नेपाल लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ नियुक्त भएकी छिन्। मेगा बैङ्क सञ्चालक समितिको २०७८ चैत ३० मा बसेको बैठकले २०७९ वैशाख २ गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई बैङ्कको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ)मा नियुक्त गरेको हो।

३१ वर्षदेखि नेपालको बैङ्किङ क्षेत्रमा संलग्न श्रेष्ठ मेगा बैङ्कको स्थापनाकालदेखि नै उच्च व्यवस्थापन तहमा कार्यरत छिन्। श्रेष्ठले एसिया स्तरीय ‘२१ सेन्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चार वटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैङ्किङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान पाएकी छिन्।

निजी क्षेत्रको राष्ट्रियस्तरको वाणिज्य बैङ्कको पहिलो महिला प्रमुख कार्यकारी अधिकृतको रूपमा चार वर्ष अघि मेगा बैङ्क नेपाल लिमिटेडको नेतृत्व सम्हालेकी अनुपमा खुञ्जेलीको सिइओको कार्यकाल २०७९ वैशाख १ गते सकिएपछि उनलाई नियुक्त गरिएको बैङ्कका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेल बताए।

वैशाख २, २०७९ शुक्रबार १६:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।