आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ : पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार ३ हजार ३० जनाको पीसीआर परीक्षणमा १४ जना र ८७३ जनाको एन्टीजेन परीक्षणमा शून्य जना गरी १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा ५५ जना संक्रमणमुक्त भएका छन्। सोही अवधिमा कोरोनाबाट कसैको मृत्यु भने भएको छैन।
वैशाख २, २०७९ शुक्रबार १५:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।