अब घरबाटै कुहिने र नकुहिने फोहोर नछुट्याए पाँच सय जरिवाना हुने

अब घरबाटै कुहिने र नकुहिने फोहोर नछुट्याए  पाँच सय जरिवाना हुने

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै वर्गीकरण गर्न आग्रह गरेको छ। वर्गीकरण नगरिएका फोहर फोहर बोक्ने गाडीसम्म ल्याए पुनःघरमा नै फर्काएर कारवाहीस्वरुप प्रतिव्यक्ति ५०० जरिवानासमेत गर्ने महानगरले जनाइएको छ।   

कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार यसरी छुट्याइएको फोहर व्यवस्थापन गर्न सहज हुने र छुट्याइएको फोहर लिने गाडी पनि फरक–फरक दिन आउने भएकाले सोहीअनुरुप व्यवस्थापन गर्नुपर्ने हुन्छ। कामपाको आग्रहलाई बेवास्ता गरे प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ (थ) तथा फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३८ (थ)अनुसार कसुर मानी सजाय गर्ने पनि काठमाडौँ महानगरले जनाएको छ।  

पछिल्लो समय काठमाडौँ महानगर लगायत उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य जटिल बन्दै गएको छ। नुवाकोटको सिसडोल भरिनाका साथै उक्त स्थानसम्म जाने सडकमा स्थानीय बासिन्दाले समय–समयमा अवरोध गर्दा गत फागुन महिनामा १९ र चैतमा १२ दिन उपत्यकाको फोहर सडकमा नै थुप्रिएको थियो।

वैशाख २, २०७९ शुक्रबार १५:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।