राष्ट्रपति बाइडेनले युक्रेन भ्रमण नगर्ने : ह्वाइट हाउस

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन भ्रमण नगर्ने भएका छन्। राष्ट्रपति बाइडेन प्रशासनले भोलोडिमिर जेलेन्स्कीसँग भेट्न एक उच्च-स्तरीय अधिकारीलाई कीभ पठाउने विचार गरिरहेको ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले बताएका हुन्।
उक्त उच्चस्तरीय टोलीमा उपराष्ट्रपति कमला ह्यारिस, विदेशमन्त्री एन्टोनी ब्लिन्केन वा रक्षामन्त्री लोयड अस्टिन सहभागी हुन सक्ने बताइएको छ। होइन, हामीले राष्ट्रपतिलाई युक्रेन पठाउँदैनौं, साकीले सो कुरा बताएको पोलिटिको ह्वाइट हाउस संवाददाता यूजीन डेनियलले उद्धृत गर्दै उल्लेख गरेका छन्।
थुप्रै विदेशी नेता र उच्च अधिकारीहरूले हालै युक्रेन भ्रमण गरिरहेका छन् र रुसी सैन्य कारबाहीको विरुद्धमा युक्रेनको पक्षमा समर्थन व्यक्त गरेका छन्।
वैशाख २, २०७९ शुक्रबार १३:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।