टाउको ठोक्किएर घाइते मन्त्री रेग्मी वीर अस्पताल भर्ना

टाउको ठोक्किएर घाइते मन्त्री रेग्मी वीर अस्पताल भर्ना

काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी अस्पताल भर्ना भएकी छिन्। टाउकोमा चोट लागेपछि मन्त्री रेग्मीलाई उपचारका लागि वीर अस्पताल भर्ना गरिएको हो। 

सुत्ने क्रममा मन्त्री रेग्मीको टाउको अकस्मात भित्तामा ठोक्किएर चोट लागेको थियो। टाउको ठोक्किएसँगै ज्वरो आउने र टाउको अत्यधिक दुख्ने समस्या भएपछि उनी एक हप्तादेखि मन्त्रीनिवास ललितपुरको पुल्चोकमा आराम गरिरहेकी थिइन्। 

टाउकोमा थप समस्या भएपछि उनलाई उपचारका लागि बुधबार वीर अस्पताल भर्ना गरिएको हो।

वीर अस्पतालमा एमआरआई गरेपछि मन्त्री रेग्मीको टाउकोको बाहिरी भागमा रगत जमेको पत्ता लागेको छ। जमेको रगत पातलो बनाउन उपचार अगाडि बढाइएको अस्पतालले जनाएको छ। 

वैशाख २, २०७९ शुक्रबार १३:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।