सुनको मूल्य आज प्रतितोला एक लाख दुई हजार रुपैयाँ

सुनको मूल्य आज प्रतितोला एक लाख दुई हजार रुपैयाँ

काठमाडौं : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख दुई हजार रुपैयाँ तोकिएको छ। सुन अघिल्लो दिन प्रतितोला एक लाख एक हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार ५ सय रुपैयाँ तोकिएको छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख एक हजार थियो। 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले बढेर एक हजार ४ सय १५ रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ।

वैशाख २, २०७९ शुक्रबार १२:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।