ललितपुर महानगरमा वर्तमान मेयरसहित ७ जनाको नाम सिफारिस

ललितपुर महानगरमा वर्तमान मेयरसहित ७ जनाको नाम सिफारिस

ललितपुर : नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरको उम्मेदवारका लागि अहिलेका मेयर चिरिबाबु महर्जन सहित सात जनाको नाम सिफारिस गरेको छ।

नेपाली कांग्रेस ललितपुर महानगर कार्यसमितिले मेयर महर्जनका अलावा वर्तमान उपमेयर गीता सत्याल, नगर सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्ओ र प्रेमकृष्ण महर्जन, महानगरका पूर्वसभापति राजेश महर्जन र महाधिवेशन प्रतिनिधि अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस गरेको छ।

कांग्रेसले महानगरपालिकामा मेयरको उम्मेदवारको टुंगो केन्द्रीय कार्यसमितिले लगाउने निर्णय गरेकोछ। कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरेको छ।

वैशाख २, २०७९ शुक्रबार ११:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।