कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक शुक्रबार (आज) दिउँसो १ बजे बस्दैछ। बैठकमा स्थानीय निर्वाचनका उम्मेदवार सिफारिस तथा छनोटका विषयमा छलफल हुनेछ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठकमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउने विषयमा पनि छलफल हुने बताइएको छ।
नेपाली कांग्रेसले आगामी वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा सत्ता-गठबन्धन दलहरुसँग तालमेल गर्ने निर्णय गरिसकेको छ।
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले नगरपालिका र गाउँपालिकाका उम्मेदवारको टुंगो लगाउने जिम्मा सह-महामन्त्रीलाई दिएको छ।
वैशाख २, २०७९ शुक्रबार ०९:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।