पोखरामा आन्तरिक मतदानबाट मेयर र उपमेयरको टुंगो लगाउँदै एमाले, आज मतदान

पोखरामा आन्तरिक मतदानबाट मेयर र उपमेयरको टुंगो लगाउँदै एमाले, आज मतदान

पोखरा : पोखरा महानगरपालिकाको मेयर र उपमेयरको नाम सिफारिस गर्न नेकपा एमाले पोखरा नगर कमिटीले आज मतदान गर्ने भएको छ।

वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा पदमा आकांक्षी धेरै भएपछि आन्तरिक मतदान गरेर एमालेले नाम सिफारिस गर्न लागिएको हो।

आज आज दिउँसो १२ बजेदेखि १ बजेसम्म मतदानका लागि समय दिइएको छ। इच्छुक व्यक्तिले उम्मेदवारी दिँदा तीन हजार रुपैयाँ दस्तुर लाग्ने एमालेले जनाएको छ।

एमाले पोखरा नगरकमिटीले निर्वाचन कार्यतालिका नै बनाएर मतदान गर्न लागेको हो। उम्मेदवारको मनोनयन र मतदान आज हुनेछ।

वैशाख २, २०७९ शुक्रबार ०८:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।