सिवाइसीको लघुवित्तको आइपिओ जारी

काठमाडौं– सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ आजदेखि खुल्दैछ। सिवाइसीले ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आइपिओ जारी गर्न लागेको हो।
सिवाइसीले जारी गर्न लागेको कुल सेयरमध्ये ६ हजार ८२ कित्ता कर्मचारीका लागि र १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ।
३ लाख ६९ हजार ४८८ कित्ता सेयरका लागि भने सर्वसाधारणले आवेदन दिन सक्ने छन्।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
वैशाख २, २०७९ शुक्रबार ०८:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।