आइपिएल : गुजरातको विजय यात्रा जारी, शीर्ष स्थानमा उक्लियो

आइपिएल : गुजरातको विजय यात्रा जारी, शीर्ष स्थानमा उक्लियो

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत बिहीबार राति भएको खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ३७ रनले हराएको छ। 

जारी लिगमा चौथो जित निकालेको नवप्रवेशी गुजरात ८ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ।

१ सय ९३ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको राजस्थान निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रनमा समेटियो। 

राजस्थानका लागि ओपनर जस बटलरले ५४, सिम्रन हेटमायरले २९, रियान परागले १८, जिमी निसमले १७ र सञ्जु स्यामसनले ११ रन बनाएका थिए।

गुजरातका लोकी फर्गुसन र तीव्र गतिका बलर यश दयालले ३-३ विकेट लिए।

पहिलो ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९२ रन बनाएको थियो। गुजरातका लागि हार्दिक पान्ड्याले ८७ रन बनाए भने अभिनभ मनोहरले ४३ रनको योगदान दिए।

वैशाख २, २०७९ शुक्रबार ०७:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।