फ्रान्कफर्टसँग पराजित हुँदै बार्सिलोना युरोपा लिगको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौं : जर्मन क्लब फ्रान्कफर्टसँग ३-२ गोलले पराजित हुँदै स्पेनिस क्लब बार्सिलोना युरोपा लिगको क्वार्टरफाइनलबाटै बाहिरिएको छ।
क्वार्टरफाइनलको दोस्रो लेगमा बार्सिलोना फ्रान्कफुर्टसँग ३-२ ले पराजित भयो। पहिलो लेगमा १-१ गोलको बराबरी खेलेको बार्सिलोना फ्रान्कफुर्टसँग समग्रमा ४-३ गोल अन्तरले पराजित हुँदै बाहिरिएको हो।
फ्रान्कफुर्टको जितमा फिलिप कोस्टिकले दुई गोल र राफेल सान्तोसले एक गोल गरेका थिए।
बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा खेलको चौंथो मिनेटमै फ्रान्कफुर्टले अग्रता लिएको थियो। फिलिपले पेनाल्टीबाट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।
३६औं मिनेटमा राफेलले गोल गर्दै फ्रान्कफुर्टको अग्रता पहिलो हाफमा दोब्बर पारे भने ६७औं मिनेटमा फिलिपले अर्को गोल थपेपछि फ्रान्कफुर्टले ३-० को अग्रता बनायो।
खेलको इन्जुरी समयमा बार्सिलोनाले दुई गोल फर्काए पनि हारलाई टार्न भने सकेन।
वैशाख २, २०७९ शुक्रबार ०७:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।