माओवादी पोस्टरको तस्बिरबारे कुलमान घिसिङलाई पत्र काट्यो निर्वाचन आयोगले

माओवादी पोस्टरको तस्बिरबारे कुलमान घिसिङलाई पत्र काट्यो निर्वाचन आयोगले

काठमाडौँ : मतदाता फकाउन माओवादी केन्द्रले चुनाव प्रचार पोस्टरमा तस्बिर राखेपछि विवादमा आएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।

सरकारी पदमा रहेका उनको तस्बिर कुनै दल विशेषको प्रचारमा प्रयोग भएपछि आयोगले तस्बिर सहमतीयै राखेको हो या हैन भनेर पत्र काटेको हो। माओवादीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मासँगै कुलमानको समेत तस्बिर राखेर लोडसेडिङ मुक्त गरेको अब निःशुल्क बिजुली गर्ने भन्दै पोस्टर बनाएका थिए।

आयोगले बिहीबार घिसिङलाई पठाएको पत्रमा फोटो राखेर प्रचार सामग्री बनाउन दिन सहमति हो कि होइन, सहमति होइन भने फोटो सहितको प्रचार सामग्री देख्दादेख्दै आयोगमा किन उजुरी नगरेको भनेर सोधिएको छ।

आयोगले प्रस्टीकरणका लागि उनलाई सात दिनको समय दिएको छ। प्रस्टीकरण पत्रमा सहमति नभएको भए अहिलेसम्म सार्वजनिक रूपमा किन आपत्ति जनाएको भन्दै आचारसंहिता उलङ्घन गरेकोमा कारबाही किन नगर्ने भनेर सोधिएको छ।

वैशाख १, २०७९ बिहीबार २१:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।