आयोगमा दर्ता नभएको दल चिन्दैनौँ : निर्वाचन आयोगका प्रवक्ता

आयोगमा दर्ता नभएको दल चिन्दैनौँ : निर्वाचन आयोगका प्रवक्ता

काठमाडौँ : निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले दर्ता भएका दल मात्र चिन्ने बताएका छन्। आयोगमा दर्ता नहुने तर निर्वाचनमा सहभागी नगराएको भन्दै केही दल विरोधमा देखिएपछि आयोगबाट यस्तो प्रतिक्रिया आएको हो।

बुधवारको नियमित पत्रकार सम्मेलनमा शर्माले भने' आयोगले आयोगमा दर्ता भएका दल मात्रै चिन्छ र सोही दलका उम्मेदवार रेकर्डमा रहन्छन्।'

उनले सबै दललाई निर्वाचन आचारसंहितामा गम्भीर हुन आग्रह गर्दै उनले आचारसंहिता उल्लङ्घन भए कारबाही गरिने बताए। आचारसंहिता उल्लङ्घनबारे आएका विषयलाई आयोगले नोटिसमा राखेर पत्राचार गरिरहेको उनले बताए।

केही उजुरीका बारेमा बुझ्ने काम भइरहेको बताउँदै शर्माले भने' उहाँहरूसँग बुझ्ने, स्पष्टता खोज्ने र त्यसपछि आवश्यक कारबाही आयोगले गर्छ।’ 

वैशाख १, २०७९ बिहीबार १९:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।