गोदावरीबाट झण्डै साढे ८ लाख नगदसहित ११ जुवाडे पक्राउ

गोदावरीबाट झण्डै साढे ८ लाख नगदसहित ११ जुवाडे पक्राउ

काठमाडौँ : ललितपुर जिल्लाको गोदावरी नगरपालिका–१४ बाट झण्डै आठ लाखसहित ११ जुवाडे पक्राउ परेका छन्।  राजेश महर्जनको घरमा तास खेलिरहेको अवस्थामा ११ जनालाई बुधबार राति ललितपुर प्रहरीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख  ४३ हजार ६ सय ९० रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

वैशाख १, २०७९ बिहीबार १७:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।