भीम रावलको प्रश्नः के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो ? 

भीम रावलको प्रश्नः के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो ? 

काठमाडौँ : नेकपा एमालेका नेता भीम रावलले आफ्नो पार्टीको चुनाव चिन्ह्र ‘सूर्य’ अरुलाई  प्रयोग गर्न दिएकोमा  आपत्ति जनाएका छन्। नेकपा एमालेले बुधबार कमल थापा नेतृत्वको राप्रपा, नेपाल र परिवार दललाई आगामी स्थानीय तह निर्वाचनमा सूर्य चिन्ह प्रयोग गर्न दिने सहमति गरेपछि रावलले आपत्ति जनाएका हुन्। 

‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे! के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र ? यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र? दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र!,’ रावलले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्। 

एमालले बुधबार राप्रपा, नेपाल र परिवार दलसँग पाँच÷पाँच वुदे छुट्टाछुट्टै सम्झौता गरेको थियो। सम्झौतामाा रापप्रपा, नेपाल र परिवार दलका उम्मेदवारले सहमति भएका स्थानमा सूर्य चिन्ह लिएर चुनावमा भागलिन पाउने उल्लेख थियो। 
 

वैशाख १, २०७९ बिहीबार १६:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।