बारामा जिप दुर्घटना : एक जनाको मृत्यु १२ घाइते 

बारामा जिप दुर्घटना : एक जनाको मृत्यु १२ घाइते 

बारा : बाराको जितपुर सिमरा उपमहानगरपालिका-२१  आधाभार जंगलमा बिहीबार बिहान जिप दुर्घटना हुदा चालकको मृत्यु भएको छ। दुर्घटनामा १२ जना घाइते भएका छन्। 

मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका–११ का २५ वर्षीय लोकनाथ सेढाई रहेका छन्। गम्भीर घाइते भएका उनको उपचारका क्रममा सिमरा स्थित अल्पाईन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

घाइते भएका जिपमा सवार १२ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ। आज बिहान पौने ९ बजे सिमराबाट हेटौडातर्फ आउँदै गरेको बा १९ च ४३७७ नम्बरको जिप अनियन्त्रित भइ पल्टिएको ईलाका प्रहरी कार्यालय अमलेखगञ्जले जनाएको छ।

वैशाख १, २०७९ बिहीबार १३:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।