सुदूरपश्चिम प्रदेशमा सिस्नो लगाएर मनाउने पर्व विसु आज

कैलालीः वर्षको पहिलो दिन आज सुदूरपश्चिम प्रदेशमा विसु पर्व मनाइँदै छ। सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरामा आफ्नै मौलिक परम्पराअनुसार विसु पर्व मनाइने गरिन्छ।
एक वर्षभरि विदेशिएका परिवारका सदस्य र दिदी, बहिनीसमेत माइती आएर जमघट भई मीठो भोजन गरी खुशी साटासाट गरी यो पर्व मनाउने गरिन्छ।
सिस्नो लगाएर पर्व मनाइन्छ
सुदूरपश्चिम प्रदेशमा सिस्नो लगाएर विसु पर्व मनाउने गरिएको छ। देवर र भाउजु तथा साली र भिनाजु एकापसमै सिस्नो लगाएर विसु पर्व मनाउने गरेका छन्। आजको दिन सिस्नो लगाए वर्षभरि सङ्कट नआउने जनविश्वास रहेको अमरगढी नगरपालिका–७ का टेकराज भट्टले बताए।
यस्तै आजै सुदूरपश्चिमका विभिन्न शक्तिपीठमा पूजाआर्चना गरिने र पशुबलिसमेत दिने गरिएको छ।
वैशाख १, २०७९ बिहीबार ११:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।