युक्रेनी मिसाइलले आक्रमण गर्दा रुसी युद्धपोत ध्वस्त, मरियपोलमा एक हजार युक्रेनी सेनाले आत्मसमर्पण गरेको दावी

युक्रेनी मिसाइलले आक्रमण गर्दा रुसी युद्धपोत ध्वस्त, मरियपोलमा एक हजार युक्रेनी सेनाले आत्मसमर्पण गरेको दावी

एजेन्सीः युक्रेनले रुसी युद्धपोतमाथि आक्रमण गर्दा विस्फोट भएर ध्वस्त भएको छ। रुसको रक्षा मन्त्रालयले 'मोस्कभा मिसाइल क्रुजर' ध्वस्त भएको जानकारी गराएको हो।

यसअघि युक्रेनले आफैँले बनाएको नेप्चुन मिसाइलले उक्त युद्धपोतलाई प्रहार गरेको बताएको थियो। युक्रेनी राष्ट्रपतिका सहयोगी ओलेक्सी अरेस्टोभिचका अनुसार रुसी उद्धारकर्ताहरू उक्त युद्धपोतसम्म पनि पुग्न सकेनन्। त्यहाँ करिब ५१० जना रहेको हुनसक्ने आकलन गरिएको छ।

यसैबीच रुसको रक्षा मन्त्रालयले आफ्ना सेनाले युक्रेनको मरियपोल शहरमाथि पूर्णरूपमा कब्जा गरेको जनाएको छ। एक हजारभन्दा बढी युक्रेनी सेनाले आत्मसमर्पण गरेपछि शहर कब्जा गरिएको उनीहरूको दावी छ। 

यता युक्रेनको रक्षा मन्त्रालयले भने आत्मसमर्पणबारे कुनै जानकारी नभएको जनाएको छ।

वैशाख १, २०७९ बिहीबार १०:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।