गठबन्धनले संविधानको रक्षा र प्राप्त उपलब्धि जोगाएको छ: नेता सिंह

चितवनः नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको रक्षाका लागि गठबन्धन बनेको बताएका छन्। आज पत्रकारसँग कुरा गर्दै उनले झण्डै दुईतिहाइ नजिकको सरकारले दुई/दुई पटक संसद् भङ्ग गरेपछि बनेको गठबन्धनले संविधान रक्षा गरेको र प्राप्त उपलब्धि जोगाएको बताएका हुन्।
उनले भने, “यही वैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनमा गठबन्धनका बीचमा कसरी जाने भन्ने सहमति भएको छ, त्यहीअनुसार हुन्छ।”
कहाँ कुन जिल्लामा कसरी अघि बढ्ने भन्ने विषयमा केन्द्रीय समितिले निर्णय गर्ने उनको भनाइ थियो।
भरतपुर महानगरपालिकाको सन्दर्भमा भने उनले वार्ता र छलफल भइरहेको बताए। उनले भने, “जिल्लास्तरीय नेताहरूले सभापतिलगायत अन्य नेताहरुसँग भेट गर्नुभएको छ, भेटपछि जुन समझदारी बनेको छ, त्यहीअनुसार पार्टी अघि बढ्छ।”
वैशाख १, २०७९ बिहीबार ०९:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।