एमाले र राप्रपा नेपालबीच पाँच बुँदे सहमतिः राप्रपाका उम्मेदवारले सूर्य चिह्नबाट चुनाव लड्ने

एमाले र राप्रपा नेपालबीच पाँच बुँदे सहमतिः राप्रपाका उम्मेदवारले सूर्य चिह्नबाट चुनाव लड्ने

काठमाडौँ : एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा चुनावी तालमेलको सहमति भएको छ। 

दुई दलबीच देशभर सम्भव गएको ठाउँमा एमाले र राप्रपा नेपालबीच तालमेल हुने, राप्रपाको उम्मेदवार नभएको क्षेत्रमा एमाले उम्मेदवारलाई भोट हाल्ने र राप्रपा नेपालका उम्मेदवारले पनि सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने लगायतका पाँच बुँदे सहमति भएको छ। 

उक्त सहमति पत्रमा एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले आज (बुधबार) हस्ताक्षर गरेका छन्।

हस्ताक्षर समारोहमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तथा उपाध्यक्षद्वय विष्णु पौडेल र युवराज ज्ञवाली उपस्थित थिए। यस्तै राप्रपा नेपालको तर्फबाट कमल थापा लगायतका नेताहरू उपस्थित थिए।

सत्तारुढ गठबन्धनले चुनावी तालमेल अगाडि बढाएपछि एमालेले पनि राप्रपा नेपालसँग चुनावी तालमेलको लागि कुरा अगाडि बढाएको थियो। 

चैत ३०, २०७८ बुधबार १४:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।