फिलिपिन्समा भीषण बाढीः ५३ जनाको मृत्यु, कयौँ बेपत्ता

फिलिपिन्समा भीषण बाढीः ५३ जनाको मृत्यु, कयौँ बेपत्ता
photo: Reuters

मनिला : फिलिपिन्समा आँधीपछि आएको बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ५३ पुगेको छ। बाढी पहिरोमा अन्य केही हराइरहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ। बाढी पहिरोबाट मध्य लेटी प्रान्तको बेबे सहर वरपरका गाउँहरू नराम्रोसँग प्रभावित भएका छन्। 

पहाडी हिम पहिरो र नदीहरूले घरहरू डुबाउनुका साथै धेरै मानिसहरू जिउँदै पुरिएका छन्। कम्तीमा ४७ जना मारिएको बेबे सहरका मेयर जोस कारलोस कारीले बताएका छन्। 

पिलार गाउँमा झन्डै ८० प्रतिशत घरहरू बगाएको एक सरकारी अधिकारीले बताएका छन्। 

बाढी पहिरोमा दक्षिणी दाभाओ क्षेत्र, मिन्दानाओ र मध्य नेग्रोस ओरियन्टल प्रान्तमा पनि केहीको मृत्यु भएको फिलिपिन्सको राष्ट्रिय विपद् निकायले जनाएको छ। दक्षिणी र पूर्वी फिलिपिन्स टापुहरूमा १ लाखभन्दा बढी मानिसहरू आँधीबाट प्रभावित भएको अधिकारीहरूले बताएका छन्।

चैत ३०, २०७८ बुधबार १४:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।