२० दिनका लागि सरकारले नियुक्त गर्‍यो सशस्त्र आइजिपी

२० दिनका लागि सरकारले नियुक्त गर्‍यो सशस्त्र आइजिपी

काठमाडौँ : मन्त्रिपरिषद् बैठकले २० दिनका लागि  सशस्त्र प्रहरी बलको प्रमुखमा पुष्पराम केसीलाई नियुक्त गरेको छ। बुधवार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको सशस्त्र प्रहरी महानिरीक्षकमा केसीलाई नियुक्त गरेको हो।

शैलेन्द्र खनालले सोमबारबाट अवकाश पाएपछि सशस्त्रमा सङ्गठन प्रमुखको पद रिक्त थियो। केसीको अवकाशको समय बुधवारबाट २० दिन बाँकी छ। उमेर हदका कारण वैशाख १९ मा उनले अवकाश पाउने छन्।

२० दिनपछि निर्वाचनको मुखैमा सरकारले पुन नयाँ सशस्त्र प्रहरी प्रमुख नियुक्त गर्नुपर्नेछ। यस अगाडि सशस्त्रमै १३ दिनका लागि मात्रै भए पनि आइजिपी नियुक्त गरिएको थियो।

केसीको बढुवासँगै सशस्त्रमा एआइजीको एक पद रिक्त भएको छ। सो रिक्त पदमा डिआइजीहरूमध्येबाट जसले बढुवा पाउनेछ २० दिनपछि उही सशस्त्रको प्रमुखमा नियुक्त हुनेछ।

चैत ३०, २०७८ बुधबार १३:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।