बझाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

बझाङ : बझाङको छबिसपाथीभेरा गाउँपालिका–१ भाडेबजारमा बुधबार बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा छबिसपाथीभेरा गाउँपालिका–३ बामनडाडाका ५० वर्षीय जय बहादुर सार्की रहेका छन्।
आज बिहान पौने ७ बजे बामनडाडाबाट मौरीबजारतर्फ आउँदै गरेको से १ ज ६७३ नम्बरको जिप सडकबाट अन्दाजी ४ सय मिटर तल सेती नदीमा खसेको थियो। जिपमा चालक मात्र सवार रहेको प्रहरी चौकी मटेलाले जनाएको छ।
चैत ३०, २०७८ बुधबार १३:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।