जिप दुर्घटना हुँदा दुई जना प्रहरीको मृत्यु

जिप दुर्घटना हुँदा दुई जना प्रहरीको मृत्यु

काठमाडौं : प्रहरीहरू चढेको जिप दुर्घटना हुँदा ओखलढुंगामा दुई ना प्रहरीको मृत्यु भएको छ। दुर्घटनामा प्रहरी हवल्दार भुपेन्द्र कार्की र जवान मनिष राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ।

ओखलढुंगाबाट विराटनगर जाँदै गरेको बा१७च १०९४ नम्बरको बलेरो बुधबार बिहान मानेभञ्ज्याङ गाउँपालिका-६ हर्कपुर भन्ने ठाउँमा भीरबाट खसेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

प्रहरी नायब उपरीक्षक सुकदेव खनालका अनुसार बलेरो जिपमा ९ जना प्रहरी सवार थिए। अन्य घाइतेको अवस्था गम्भीर रहेकाले हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

हतियार मर्मतका लागि हिँडेका प्रहरीहरु चढेको जिप बिहान ९ बजे दुर्घटना भएको थियो।

घाइते हुनेमा प्रहरी निरीक्षक ऋषिराज ढकाल, प्रहरी वरिष्ठ नायव निरीक्षक धनराज खतिवडा, प्रहरी सहायक निरीक्षक नवराज दाहाल, प्रहरी वरिष्ठ हवल्दार विशाल श्रेष्ठ, भुपेन्द्र खनाल, जवान रूपक विष्ट र चालक लीलाप्रसाद खनाल रहेका छन्।

चैत ३०, २०७८ बुधबार ११:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।