बुटवल उपमहानगरपालिकाको मेयरमा एमालेबाट ८ जनाको नाम सिफारिस

बुटवल : आगामी स्थानीय निर्वाचनका लागि नेकपा एमालेले बुटवल उपमहानगरपालिकाको नगर प्रमुख पदमा ८ जनाको नाम सिफारिस गरेको छ। एमाले उपमहानगर कमिटीको बैठकले ३ जना केन्द्रीय सदस्यसहित ८ जनाको नाम जिल्लामा सिफारिस गरेको हो।
नगर प्रमुखको उम्मेदवारका लागि हालका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, गोपाल राना, बाबुराम भट्टराई, सावित्रा अर्याल, तेजेन्द्र केसी, रामप्रसाद रेग्मी र सूर्यबहादुर भट्टराईको नाम सिफारिस गरिएको नगर अध्यक्ष किसन ज्ञवालीले जानकारी दिए।
यी नामबाट जिल्लाले प्रदेशमा सिफारिस गर्नेछ। प्रदेशबाट सिफारिस नाम केन्द्रले समेत हेरेपछि फाइनल हुनेछ।
चैत ३०, २०७८ बुधबार ०९:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।