राप्रपाकी केन्द्रीय सदस्य प्रतिष्ठाले पार्टी छाडिन्

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य प्रतिष्ठा थापा रायमाझीले पार्टी परित्याग गरेकी छिन्।
गत महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित थापाले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएकी हुन्। उनी राप्रपा नेपालका अध्यक्ष कमल थापाकी छोरी हुन्।
उनले महाधिवेशनमा एक हजार पाँच सय ३० मतका साथ खुला महिला केन्द्रीय सदस्यमा जितेकी थिइन्।
पार्टीलाई राजीनामा पत्र बुझाउँदै उनले भारी मनका साथ राप्रपा छाड्नुपरेको उल्लेख गरेकी छन्। पार्टीमा केही समयदेखि सैद्धान्तिक र नैतिक विचलन देखा परेको पनि बताएकी छन्।
चैत ३०, २०७८ बुधबार ०९:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।