एमालेबाट तिलोत्तमामा चार र सिद्धार्थनगरमा ८ जनाको नाम सिफारिस

एमालेबाट तिलोत्तमामा चार र सिद्धार्थनगरमा ८ जनाको नाम सिफारिस

बुटवल : एमालेले रुपन्देहीको तिलोत्तमा नगरपालिका र सिद्धार्थनगर नगरपालिकाले मेयरका लागि नाम सिफारिस गरेको छ। एमाले तिलोत्तमा नगर कमिटीले चार जनाको नाम सिफारिस गरेको छ भने सिद्धार्थनगर कमिटिले ८ जनाको नाम सिफारिस गरेको छ।

तिलोत्तमा नगरपालिकाबाट हालका मेयर वासुदेव घिमिरे, एमाले प्रदेश कमिटी सदस्य मोहन चापागाईं, जिल्ला कमिटी सचिव यज्ञ गैरे र तिलोत्तमा नगर इञ्चार्ज दिनेश फुल्लेलको नाम सिफारिस भएको छ।  

त्यस्तै उपप्रमुखमा अहिलेकी उपप्रमुख समेत रहेकी जागेश्वरदेवी चौधरी, देवी वाग्ले, जमुना लम्साल, संगीता गुरुङ र रेनुका खरेलको नाम सिफारिस गरिएको छ।

सिद्धार्थनगर नगरपालिकामा भरतकुमार पोखरेल, नारायणप्रसाद भण्डारी, हितराज पन्थी, डा. रामप्रसाद बस्याल, राजेन्द्रप्रसाद पन्थी, जीवलाल अर्याल, अर्जुनकुमार गिरी र हालका मेयर हरिप्रसाद अधिकारीको नाम सिफारिस गरिएको छ। 

उपमेयरमा भने तीन जनाको नाम सिफारिस गरिएको छ। उमा अधिकारी, सीता काफ्ले र पम्फावती खनालको नाम सिफारिस गरिएको छ।

चैत ३०, २०७८ बुधबार ०९:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।