आइपिएल : चेन्नईको पहिलो जित, बैंगलोर स्तब्ध

काठमाडौं : रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गर्दै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) यो सिजनमा पहिलो जित निकालेको छ।
गएराति भएको खेलमा चेन्नईले बैंगलोरलाई २३ रनले हराएको हो। लगातार चार खेलमा पराजय भोगेको चेन्नईले पहिलो जित हात पारेको हो।
पहिलो ब्याटिङ गरेको चेन्नईले २ सय १७ रनको विशाल लक्ष्य दिएको थियो। तर बैंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९३ रन मात्र बनायो।
टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १६ रन बनाएको थियो। चेन्नईका लागि शिवम् दुबेले ९५ रन बनाए।
रबिन उथप्पाले ८८ रनको योगदान दिए। दुबे र उथप्पाले तेस्रो विकेटका लागि ७४ बलमा १ सय ६५ रनको साझेदारी गरेका थिए।
बैंगलोरका लागि शहबाज अहमदले ४१ रन बनाए। यस्तै डेब्यू खेल खेलेका सुयश प्रभुदेशाईं र दिनेश कार्तिकले समान ३४-३४ रन जोडेका थिए।
चैत ३०, २०७८ बुधबार ०७:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।