च्याम्पियन्स लिग :  बायर्नलाई बराबरीमा रोक्दै भिल्लारियल अन्तिम चारमा

च्याम्पियन्स लिग :  बायर्नलाई बराबरीमा रोक्दै भिल्लारियल अन्तिम चारमा

काठमाडौं : डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखलाई १-१ को बराबरीमा रोक्दै भिल्लारियल च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।

बुधबार बिहान बायर्नकै मैदानमा बराबरी खेलेपछि भिल्लारियलले समग्रमा २-१ को नतिजा निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो।

आजको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा खेलमा फर्किँदै  ५१औं मिनेटमा रोबेर्ट लेवान्डोवेस्कीले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए।

तर, खेल सकिन दुई मिनेट बाँकी रहँदा चुक्वेजेले भिल्लारियलका लागि गोल गर्दै सेमिफाइनलको यात्रा तय गरेका थिए।

चैत ३०, २०७८ बुधबार ०७:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।