रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश

काठमाडौं : स्पेनिस क्लब रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।
चेल्सीलाई समग्रमा ५-४ ले पछि पार्दै रियल लिगको अन्तिम चारमा स्थान बनाउन सफल भएको हो।
क्वार्टरफाइनलको दोस्रो लेगमा रियल ३-२ ले पराजित भएको थियो। तर पहिलो लेगमा करिम बेन्जेमाको ह्याट्रिकमा रियलले चेल्सीलाई ३-१ ले हराएकोले सेमिफाइनलमा प्रवेश गर्न सम्भव भएको हो।
चैत ३०, २०७८ बुधबार ०७:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।