कालीकोटको नाग्म जाँदै गरेको जीप जुम्लामा दुर्घटना

जुम्ला : जुम्ला सदरमुकाम खलंगादेखि कालीकोटको नाग्म जाँदै गरेको भे१ज १२२० नम्बरको जिप दुर्घटना भएको छ। जुम्लाको तातोपानी गाउँपालिका–२ बाबिरामा भ्यान दुर्घटना हुँदा जिपका सवार १२ जना घाइते भएका छन्।
घाइते हुनेमा हिमा गाउँपालिका–४ की १७ वर्षीया जमुना शाही, सोही गाउँपालिका–७ का ४१ वर्षीय वीर्ख शाही, तिलागुफा नगरपालिका–२ का ४८ वर्षीय रणबहादुर बोहोरा, सोही ठाउँका ४३ वर्षीय बेलुकृष्णा बोहोरा, हिमा १ का १५ वर्षीय विवेक शाही, सिजा गाउँपालिका–३ का ३१ वर्षीय करबहादुर नेपाली, सोही गाउँपालिका–२ का ३६ वर्षीय जीवनप्रसाद तिवारी, सिजागाउँपालिका–३ वस्ने ४२ वर्षीय मेघबहादुर सार्की, हिगाउँपालिका–४ का २५ वर्षीया सिता रोकाया र उनकी ५ महिनाकी छोरी प्रिमिका रोकाया रहेको जुम्ला प्रहरीले बताएको छ।
त्यस्तै तिलागाउँपालिका–८ का ३० वर्षीय धनलाल बस्नेत र तिला–१ का ५८ वर्षीय चाउरे बुढा रहेका छन्। घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले जानकारी दिए। प्रतिष्ठानमा एक चालकसहित १२ जनाको उपचार भइरहेको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका प्रबत्ता रमेश भट्टराइले घाइते १२ जना मध्य ४ जनाको अवस्था गम्भीर रहेको छ।
चैत २९, २०७८ मंगलबार २२:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।