एमालेका जनप्रतिनिधि तान्न गठबन्धनको उपाय : एकीकृत समाजवादीमा आए टिकट पक्का

एमालेका जनप्रतिनिधि तान्न गठबन्धनको उपाय : एकीकृत समाजवादीमा आए टिकट पक्का

काठमाडौँ : एकीकृत समाजवादी एमालेबाट विभाजित भएको प्रमुख राजनीतिक दल रहेको स्वीकार गर्दै सरकारमा रहेका पाँच दलका नेताहरूले हिजो एमालेको टिकटमा स्थानीय तह जितेका तर अहिले एकीकृत समाजवादीमा रहेका जनप्रतिनिधिलाई सोही स्थानको टिकट दिने निर्णय गरेको छ।

सरकारमा रहेका अन्य चार दलका लागि सिट बाँडफाँडका अनेक आधार तोके पनि गठबन्धनले एकीकृत समाजवादीका हकमा भने पार्टी विभाजनपछि जनप्रतिनिधि एकीकृत समाजवादीमा रहेको भए सो स्थान सोही दललाई दिने निर्णय गरेको हो।

अन्य दलको हकमा पाएको मतभार लगायतका मापदण्ड तोकिएको छ। जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधीहरुलाई समेत सबै स्थानीय तहमा समेट्ने प्रमुख वा अन्य पदमा नजिते भए पनि गठबन्धनमा उम्मेदवार तोक्दा समेट्ने निर्णय गरेको छ।

सबैभन्दा पेचिलो बन्दै गएको महानगरपालिका र उपमहानगरपालिकाको नेतृत्व केन्द्रीय नेताहरूले नै तय गर्ने निर्णय गरेको गठबन्धनको बैठकले यस अगाडि चर्चा भए जस्तै एकीकृत समाजवादी बाहेक अन्य दलका हकमा जुन दलले २०७४ को निर्वाचनमा जितेको त्यही दललाई नेतृत्व दिने निर्णय गरेन।

एमालेले जितेको स्थानीय तहमा गठबन्धनमा रहेका दलका उम्मेदवार उठेको हकमा उनीहरूले पाएको मतको आधारमा तय गरिने सहमति भएकाले पोखरा, काठमाडौँ महानगरको नेतृत्व कांग्रेसले पाउने देखिएको छ।

चैत २९, २०७८ मंगलबार २१:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।