सत्ता गठबन्धनको निर्णय : महानगर उपमहानगरको उम्मेदवार केन्द्रले तोक्ने

काठमाडौँ : स्थानीय तहको निर्वाचनमा सिट बाँडफाँडबारे सरकारमा रहेका पाँच दलबिच सहमति भएको छ। सहमति अनुसार महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख केन्द्रीय नेताले तय गर्नेछन्। तल्लो तहमा भने प्रदेश र जिल्लालाई जिम्मा दिएको छ।
नगरपालिका र गाउँपालिकाको हकमा प्रदेशले र वडाको हकमा जिल्लाले गठबन्धनका उम्मेदवार टुङ्ग्याउने निर्णय गरेको छ। नगरपालिका र गाउँपालिकाको हकमा वैशाख ५ भित्र केन्द्रमा पठाउने र वडाको हकमा ३ गतेभित्र टुङ्ग्याउने निर्णय गरेको छ।
पाँच दलका प्रमुख नेताहरूले गठबन्धनमा रहेका दलहरूले निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्न नपाउने निर्णय समेत गरेका छन्।
चैत २९, २०७८ मंगलबार २१:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।