गठबन्धन बाहेकका दलहरूसँग चुनावी तालमेल गर्न नपाइने

काठमाडौँ । सत्ता गठबन्धनले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धन बाहेकका दलहरूसँग चुनावी तालमेल गर्न नपाइने निर्णय गरेको छ। मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले तल्लो तहसम्मा पाँच दलबीच मात्र चुनावी तालमेल गर्न सकिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए। महानगरका लागि फेरि गठबन्धनको बैठक बसेर निर्णय गरेको प्रवक्ता कार्कीले बताए।
चैत २९, २०७८ मंगलबार २०:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।