थप २६ जनामा कोरोना संक्रमण

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा २६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ७८ को परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ६१६ पुगेको छ। एन्टिजेन परीक्षण विधिबाट सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार १५३ रहेको छ।
पछिल्लो समय थप ३७ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार १११ पुगेको छ । यो दर ९८ दशमलव ७ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ।
पछिल्लो समय कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन। नेपालमा यस रोगबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ। त्यसैगरी पछिल्लो समय ४१ हजार ४०७ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५५४ रहेको छ। अहिले होम आइसोलेशनमा ५१३ रहेका छन्। त्यसैगरी संस्थागत आइसोलेशनमा २३ आइसीयुमा ११ र भेन्टिलेटरमा एक जनाले उपचार गराइरहेका छन्।
चैत २९, २०७८ मंगलबार २०:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।