वैशाख ४ भित्र पाँच दलीय गठबन्धनले स्थानीय तहका उम्मेदवार टुङ्ग्याउने तयारी

काठमाडौँ : स्थानीय तह निर्वाचनमा गठबन्धनको मोडालिडी तय गर्न बसेको सत्ता गठबन्धनमा रहेका दलहरूको बैठकले वैशाख ४ भित्र उम्मेदवार टुङ्गो लगाउन स्थानीय तहलाई निर्देशन दिने गरी छलफल गरिरहेका छन्।
स्थानीय तहमा सरकारमा रहेका पाँच दलबिच गठबन्धन गर्ने सहमति भए पनि भागबन्डा कसरी गर्ने भन्ने तय हुन सकेको छैन। त्यही भागबन्डा मिलाउन बसेको बैठक पनि निष्कर्षमा पुग्न सकेको छैन।
बैठकबाट निस्किएका नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले 'आजको बैठकले वैशाख ४ गतेभित्र गठबन्धन र उम्मेदवारको टुङ्गो लगाऊ भनेर स्थानीय तहलाई निर्देशन दिने' विषयमा छलफल गरेको जानकारी दिए।
चैत २९, २०७८ मंगलबार १९:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।