चुनावी तालमेलको मोडालिटी तय गर्न गठबन्धनको बैठक सुरु

चुनावी तालमेलको मोडालिटी तय गर्न गठबन्धनको बैठक सुरु

काठमाडौँ : स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलको मोडालिटी तय गर्नका लागि पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ। स्थानीय तहको निर्वाचनमा साझा उम्मेदवारका लागि मत माग्न साझा अपिल जारी गरेको भोलिपल्ट प्रधानमन्त्री निवास वालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक बसिरहेको हो।

बैठकले शक्ति बाँडफाँटको मापदण्ड, महानगरहरुको नेतृत्व भागबण्डालगायतका विषयमा निर्णय लिने बताइएको छ। बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाबाट अशोक राई र राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल सहभागी छन्।

चैत २९, २०७८ मंगलबार १८:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।