एकै परिवारका ८ जनाको गोली हानी हत्या

एकै परिवारका ८ जनाको गोली हानी हत्या

एजेन्सी : मेक्सिकोमा एकै परिवारका ८ जनाको गोली हानी हत्या गरिएको छ। मेक्सिकोको टुल्टेपेक नगरपालिकाको एक घरमा रहेका आठ जना परिवार सदस्यको हत्या भएको यहाँका महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ।

सोमबार सो हत्या भएको समाचारमा जनाइएको छ। मारिएकामा छ जना महिला र दुई पुरुष छन्। त्यस्तै चार जना बालबालिका पनि रहेका सो कार्यालयले जनाएको छ ।अज्ञात व्यक्तिले परिवारका ती सदस्यको हत्या गरेको बताएका छन्। हत्यामा संलग्न भएका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

अज्ञात व्यक्तिले घरैमा पुगेर उनीहरूको हत्या गरेको देखिएको प्रहरीले जनाएको छ। अधिकारीहरूका अनुसार सबै जनालाई गोली हानिएको छ। गोली लागेर सात जनाको घरैमा निधन भएको छ भने एक जनाको भने अस्पतालमा निधन भएको थियो। 
 

चैत २९, २०७८ मंगलबार १७:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।