एनएमबि बैंकका ग्राहकलाई सिजीको उत्पादनमा छुट

काठमाडौँ : एनएमबि बैंकले आफ्नाग्राहक तथा कर्मचारीहरूलाई नयाँ वर्षको लागी नयाँ अफर सार्वजनिक गरेको छ। एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले सिजी डिजीटलको उत्पादनहरुको २० हजारको खरिद गरी एनएमबिको कुनै पनि कार्ड बाट पिओएस वा अनलाईन भुक्तानी गर्दा . २ हजारको क्यासब्याक पाइने भएको छ। यो योजना चैत्र २९ देखि शुरु भई सीमित अवधिको लागी मात्र लागु हुने बैँकले जानकारी दिएको छ।
एनएमबि बैँकका आफ्ना ग्राहक तथा कर्मचारीहरूलाई नयाँ वर्षको लागी नयाँ अफर सार्वजनिक गरेको छ। बैंकका ग्राहक तथा कर्मचारीले नेपालको अग्रणी अनलाईन दराजबाट समान खरीद गर्दा १० प्रतिशत वा १,००० सम्म र क्रेडिट कार्ड प्रयोग गरी समान खरिद गर्दा १५ प्रतिशत वा. १,५०० सम्म छुट पाउने भएका छन्। यो योजना चैत्र २८ देखि शुरु भई सीमित अवधिको लागी मात्र लागु हुने बैँकले जानकारी दिएको छ।
यस्तै बैंकको ग्राहकले ईएनएमबि एपबाट स्क्यान गरी दैनिक उपभोग्य बस्तुको भुक्तानी गर्दा १० प्रतिशत वा १०० सम्मको क्यास ब्याक पाउनुको साथै हेलिकप्टर चढेर सगरमाथा सम्म भ्रमण गर्ने मौका पाइने बैँकले जनाएको छ। उक्त छुट प्राप्त गर्नको लागि ग्राहकले ईएनएमबी एपबाट डेबिट कार्ड सक्रिय गरी ई–कमर्स पनि सक्रिय गर्नु पर्ने हुन्छ।
एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरूलाई नयाँ वर्षको लगानी अफर सार्वजनिक गरेको छ । एनएमबि बैंकको ग्राहकले नेपालको अग्रणी अनलाईन सस्तो डिलबाट डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी समान खरिद गर्दा २० प्रतिशत वा २,००० सम्म छुट पाउने भएका छन्।
चैत २९, २०७८ मंगलबार १६:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।