भुक्तानी शन्तुलन २ खर्ब ५८ अर्ब घाटामा, रेमिटेन्स पनि घट्यो

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको ८ महिनाको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको फागुनसम्म भुक्तानी सन्तुलन २ खर्ब ५८ अर्ब घाटामा रहेको देखिएको छ। वित्तीय विवरण अनुसार माघसम्म घाटा २ खर्ब ४७ अर्ब थियो। फागुनमा शोधनान्तर स्थिति थप ११ अर्ब घाटामा गएको देखिन्छ।
गत आर्थिक वर्षको यही अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब १ करोड बचतमा थियो। देशमा भित्रिने रकमभन्दा बाहिरिने रकम बढी भएकाले भुक्तानी सन्तुलन घाटामा गएको हो। समीक्षा अवधिमा चालु खातामा ४ खर्ब ६२ अर्ब ९३ करोड घाटा देखिन्छ। अघिल्लो वर्ष सोही अवधिमा चालु खाता १ खर्ब ५१ अर्ब ४२ करोडले घाटामा थियो ।
रेमिटेन्स पनि घट्यो
चालु आर्थिक वर्षको ८ महिनामा भएको रेमिटेन्स आप्रवाह १.७ प्रतिशतले घटेको देखिन्छ। वित्तीय विवरणमा साउनदेखि फागुनसम्ममा कुल ६ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको उल्लेख छ । गत आर्थिक वर्षको तुलनामा यो १.७ प्रतिशतले कम हो।
गत आर्थिक वर्षमा यस अवधिमा रेमिटेन्स आप्रवाह ८.७ प्रतिशतले बढेको थियो। नेपाल राष्ट्र बैङ्कका अनुसार ८ महिनाको अवधिमा ५ अर्ब २८ करोड डलर बराबरको रेमिटेन्स देशमा भित्रिएको छ।
चैत २९, २०७८ मंगलबार १६:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।