एकल पदमा महिला अनिवार्य गरेको आयोग ब्याक भयो, अब प्राथमिकता मात्रै

एकल पदमा महिला अनिवार्य गरेको आयोग ब्याक भयो, अब प्राथमिकता मात्रै

काठमाडौँ : स्थानीय तहको निर्वाचनमा एक मात्र प्रमुख पदमा उम्मेदवारी दिएमा महिला नै उम्मेदवार हुनुपर्ने निर्णयबाट निर्वाचन आयोग ब्याक भएको छ। आयोगले राजनीतिक दलहरुलाई निर्देशन पठाउँदै स्थानीय तहको प्रमुख र उप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये एक पदमा मात्र उम्मेदवारी दिएमा महिला उम्मेदवार हुनुपर्ने उल्लेख गरेको थियो।

तर मंगलबार आयोगले विज्ञप्ती जारी गरेर महिलालाई प्राथमिकता दिनुपर्ने हुनुपर्नेमा अन्यथा भएको भन्दै आफ्नै निर्णयबाट ब्याक भएको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा 'निर्वाचन आयोगले मिति २०७८ चैत २२ गते राजनीतिक दलहरुलाई निर्वाचन व्यवस्थापनलाई लैंगिक तथा समावेशीमैत्री बनाउने सम्बन्धमा दिएको निर्देशनको बुँदा नम्बर ६ मा 'स्थानीय तहको प्रमुख र उप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिला उम्मेदवार मनोनयनमा प्राथमिकता दिने हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको' उल्लेख गरेका छन्।

आयोगको सो निर्णय कार्यान्वयन भएको भए एक पदमा मात्रै उम्मेदवारी दिने दलले महिलालाई उम्मेदवार बनाउन बाध्य हुन्थ्यो। तर आफ्नै निर्णयबाट पछि हटेपछि अब दलले स्वविवेक प्रयोग गर्दै पुरुषलाई मात्र पनि उम्मेदवार बनाउन सक्ने बाटो खुलेको छ।

चैत २९, २०७८ मंगलबार १६:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।