बाबुराम भट्टराईको नेतृत्वमा स्थापना भएको नयाँ शक्ति पार्टी विघटन

बाबुराम भट्टराईको नेतृत्वमा स्थापना भएको नयाँ शक्ति पार्टी विघटन

काठमाडौँ : नयाँ शक्ति पार्टी विघटन भएको छ। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा २०७३ जेठ ३० गते तामझामका साथ घोषणा भएको नयाँ शक्ति पार्टी विघटन भएको संयोजक रवि किरण हमालले प्रेस वक्तव्य मार्फत जानकारी गराएका हुन्। 

बाबुराम भट्टराईले नयाँ शक्तिका बहुमत सदस्यलाई तत्कालीन संघीय समाजवादी फोरमसँग एकता गराएका थिए। त्यसपछि उक्ति पार्टीको नाममा युवा नेता रवि किरण हमालले राजनैतिक गतिविधि गर्दै आएका थिए। हमालको नेतृत्वमा रहेको नयाँ शक्ति पार्टी आजबाट विघटन भएको छ।

पार्टीलाई स्थापित गर्न नसक्नुमा प्रमुख  जिम्मेवारी तत्कालीन संयोजक डा.बाबुराम भट्टराईलाई केही अंस छोड्दै म स्वयं आफै लिन चाहान्छु, किरणले जारी गरेको वक्तव्यमा भनिएको छ। 

पार्टीलाई समर्थन गर्ने र गएको निर्वाचनमा मतदान गर्ने सबैलाई धन्यवाद दिँदै पुनः जिम्मेवारीपूर्वक, परिपक्वता र उर्जा सहित राजनीतिमा आउने किरणले उल्लेख गरेका छन् ।

चैत २९, २०७८ मंगलबार १४:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।