बागलुङमा आज बिहान ट्रयाक्टर दुर्घटना हुँदा २४ वर्षका सुरेन्द्रको मृत्यु

बागलुङमा आज बिहान ट्रयाक्टर दुर्घटना हुँदा २४ वर्षका सुरेन्द्रको मृत्यु

बागलुङः निसिखोला गाउँपालिका- ६ मा आज बिहान ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रयाक्टर चालक पूर्वीरुकुम उत्तर गंगा गाउँपालिका- १३ का २४ वर्षीय सुरेन्द्र गुरुङ रहेका छन्।

यस्तै सोही दुर्घटनामा परिचालक घाइते भएका छन्। घाइते भएका परिचालक सोही ठाउँका २३ वर्षीय प्रचण्ड सेरचन रहेका छन्।उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

गुरुङले चलाएको रा१त ४११६ नम्बरको ट्रयाक्टर आज बिहान साढे ४ बजे अनियन्त्रित भएर सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङ बागलुङले जनाएको छ।

चैत २९, २०७८ मंगलबार ११:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।