भागबण्डाको मापदण्ड बनाउन अपराह्न ४ बजे सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौंः आउँदो स्थानीय तहको निर्वाचनको सन्दर्भमा छलफल गर्न आज सत्ता गठबन्धनका दलहरूको बैठक बस्ने भएको छ। बैठक अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ।
हिजो सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आगामी स्थानीय निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न अपिल गरेको थियो। शेरबहादुर देउवा, पुष्पकमल दाहाल, झलनाथ खनाल, अशोक राई र दुर्गा पौडेलले संयुक्त रूपमा हस्ताक्षर गरी गठबन्धनका साझा उम्मेदवारलाई मत हाल्न मतदातालाई अपिल गरेका थिए।
आजको बैठकले भने चुनावी तालमेलको मोडलबारे टुंगो लगाउने छ। भागबण्डाको मापदण्ड बनाउन चुनावी संयन्त्र समेत बनाइएको छ।
चैत २९, २०७८ मंगलबार १०:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।