मनाङमा कार्यरत एक प्रहरीको उच्च रक्तचापबाट मृत्यु

मनाङः उच्च रक्तचापका कारण जिल्ला प्रहरी कार्यालय मनाङमा कार्यरत सहायक प्रहरी हवल्दार नारायण थापा मगरको मृत्यु भएको छ। गोरखा घर भएका ३२ वर्षीय मगरको सोमबार बेलुकी उपचारका क्रममा सामुदायिक अस्पताल लमजुङमा मृत्यु भएको हो।
कार्यालयका प्रहरी नायब उपरीक्षक प्रेमसागर केसीका अनुसार उच्च रक्तचाप भएपछि सोमबार साँझ जिल्ला अस्पताल मनाङमा उपचारका लागि लगिएका मगरलाई प्राथमिक उपचारपछि थप उपचारका लागि सामुदायिक अस्पताल लमजुङ पठाइएको थियो।
भौगोलिक विकटताले गर्दा मनाङबासीलाई सामान्य उपचार पाउन पनि सकस छ। जिल्ला अस्पतालमा आवश्यक दक्ष जनशक्ति तथा सामग्री अभाव रहेको छ।
यस्तै सडक पूर्वाधारको अभाव र सवारीसाधन समेतको अभावमा उपचारको पहुँचसम्म पुग्न समस्या हुने गरेको छ।
चैत २९, २०७८ मंगलबार ०९:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।