रुसी सेनाले मृतक युक्रेनीहरूको शव शपिङ सेन्टरको फ्रिजमा राखे: मरियपोलका मेयर

एजेन्सीः युक्रेन र रुसबीचको युद्धमा हालसम्म मरियपोल शहरमा मात्रै १० हजार नागरिक मारिएका छन्। मरियपोलका मेयर भादिम बोइचेन्स्कोले एपीलाई दिएको जानकारी उद्धृत गर्दै बीबीसीले कम्तीमा १० हजार नागरिक मारिएको जनाएको हो।
बोइचेन्स्कोले सोमबार बताएअनुसार शहरका सडकभरि 'शव बिछ्याइएको' थियो। उनी हाल शहरबाहिर छन्। तर युक्रेनमै छन्। आफ्नो लोकेशन नखुलाइ यसबारे उनले जानकारी दिएका हुन्।
उनका अनुसार मरियपोलमा अझै एक लाख २० हजार नागरिक छन्। उनीहरूलाई तत्काल खाना, पानी र औषधिको जरुरी छ।
बोइचेन्स्कोका अनुसार रुसी सेनाले मृतकको शव संकलन गर्दै ठूलो शपिङ सेन्टरको फ्रिजमा राखेको जानकारी पाएको पनि बताएका छन्। 'ट्रकमा घुम्ती शवदाह गृह जस्तो पनि सञ्चालनमा आएको छ। ट्रकलाई खोल्नासाथ भित्र पाइप हुन्छ र त्यहाँ यी शवहरूलाई जलाइन्छ', उनले भने।
चैत २९, २०७८ मंगलबार ०८:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।