निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीद्वारा पर्सामा सुरक्षा व्यवस्था कडा

निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीद्वारा पर्सामा सुरक्षा व्यवस्था कडा

पर्साः आउँदो स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले पर्सामा सुरक्षा व्यवस्था कडा पारेको छ। जिल्लाका सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षा निकायसँगको समन्वयमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए।

विशेष गरी निर्वाचनमा सीमा क्षेत्रमा आपराधिक क्रियाकलाप हुन नदिन र सीमा क्षेत्रमा हातहतियार ओसारपसार र अवैध सामानको ओसारपसारसहित सबै प्रकारका आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा पारिएको हो। यसका लागि जिल्ला प्रहरी कार्यालय मातहातका सबै युनिटलाई आवश्यकतानुसार परिचालन गरिएको उनले बताए।

नेपाल प्रहरीतर्फ जिल्लाभरि कुल एक हजार १६७ दरबन्दी रहेकोमा हाल ९४३ प्रहरी कार्यरत छन्।

चैत २९, २०७८ मंगलबार ०८:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।