प्रदेश १, बागमती, गण्डकी र कर्णालीमा क्षणिक वर्षाको सम्भावना

प्रदेश १, बागमती, गण्डकी र कर्णालीमा क्षणिक वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज नेपालका प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशमा क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ। हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको कारण यी ठाउँमा वर्षा हुने भएको हो।

यतिबेला देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भूभागमा आंशिक बदली रहेको छ।

आज दिउँसो प्रदेश नं १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

आज राति पनि यही मौसम प्रणाली रहनेछ।

चैत २९, २०७८ मंगलबार ०७:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।