उत्तर कोरियाका नेता उनको १० वर्षे कार्यकाल : अमर नेतृत्वको दाबी

उत्तर कोरियाका नेता उनको १० वर्षे कार्यकाल : अमर नेतृत्वको दाबी

एजेन्सी : उत्तर कोरियाले आणविक हतियारको विकासमा किम जोङ उनको नेतृत्वको प्रशंसा गर्दै उनको राजनीतिक उपलब्धिहरू सार्वजनिक गरेको छ।

सत्तारूढ वर्कर्स पार्टी (डब्ल्युपीके) को १० वर्षको कार्यकाल मनाउँदै कोरियाले नयाँ चित्र र प्रदर्शनीहरूको अनावरण सहित उनको उपलब्धिहरू सार्वजनिक गरेको हो।

त्यहाँको राज्य मिडियाले आइतबार उनको दुर्लभ नयाँ आधिकारिक तस्बिर अनावरण गर्दै ङयाङ सङ्ग्रहालयले 'अमर नेतृत्व' को उपलब्धिहरू प्रदर्शन गर्न नयाँ प्रदर्शनी खोलेको समेत जनाएको छ।

सन् २०११ को डिसेम्बरमा आफ्ना पिता किम जोङ इलको मृत्युपछि उन सेनाको सर्वोच्च कमान्डर नियुक्त भए सँगै सत्ता ग्रहण गरेको मानिन्छ। सोमबार उन शीर्ष पार्टी र राज्य नेताको रूपमा निर्वाचित भएको दस वर्ष पूरा भएको छ।

किम परिवारले राज्यमा आफ्नो सम्पूर्ण इतिहासमै एकदलीय शासन गर्दै आएको छ। आइतबार भएको राष्ट्रिय बैठकमा सम्बोधन गर्दै डब्ल्युपीके केन्द्रीय समितिको राजनीतिक ब्युरोको अध्यक्ष मण्डलका सदस्य र किमको नेतृत्वमा सबैभन्दा वरिष्ठ अधिकारीहरू मध्येको एक चो र्योङ हेले उनलाई 'प्रतिभाशाली विचारक, सैद्धान्तिक, उत्कृष्ट राजनीतिज्ञ र उत्कृष्ट कमान्डर' भनेर प्रशंसा गरेका थिए।

हेले उत्तर कोरियालाई आवश्यक पर्ने आत्मरक्षाका सबै शक्तिशाली भौतिक साधनहरूले सुसज्जित पूर्ण सैन्य शक्ति बनाएकोमा उनलाई एक अद्वितीय देशभक्त र शान्तिको महान् रक्षक समेत भनेका थिए।

हेका अनुसार,'अभूतपूर्व कठिनाइहरूको सामना गर्नुपर्दा पनि,उनले उत्तर कोरियाको आत्मनिर्भरता र समृद्ध विकास गर्ने शक्तिशाली समाजवादी राष्ट्रको रूपमा नयाँ युग खोलेको छ। '

शुक्रबारदेखि सुरु भएको कार्यक्रममा उत्तर कोरियाका संस्थापक तथा किम जोङ उनका हजुरबुवा किम इल सुङको ११०औँ जन्मोत्सव समेत मानेको थियो। सो जन्मोत्सवको कार्यक्रम १ साता सम्म चल्ने बताइएको छ।

वाणिज्य स्याटलाइट इमेजरीले उत्तर कोरियाली सेनाले यो साता गर्न सक्ने सैन्य परेडको लागि अभ्यास गरिरहेको देखाएको छ। भने विश्लेषकहरू पनि उत्तर कोरियाले सो कार्यक्रम आफ्नो आईसीबीएम (अन्तरमहाद्वीपीय प्राक्षेपिक क्षेप्यास्त्र)हरू प्रदर्शन गर्न सक्ने सङ्केत रहेको बताउँछन्।

यस्ता परीक्षणहरूमा उत्तर कोरियाले सन् २०१७ पछि पहिलो पटक गत महिना आफैले लगाएको अधिस्थगनको अन्त्य गर्दै आईसीबीएम परीक्षण गरेर सियोल, टोकियो र वाशिंगटनमा समेत खतराको घण्टी बजाएको थियो।

सन् २०१७ यता पहिलो पटक चाँडै नै हतियार विस्फोट गराउन सक्ने चिन्ता बढिरहेको बेला उत्तर कोरियाको आणविक परीक्षण स्थलमा नयाँ निर्माण भेटिएको अन्तर्राष्ट्रिय सञ्चार मध्यमहरूले जनाएको छ।

गएको साता मात्र  उत्तर कोरियाले युद्धको विरोध गरे पनि दक्षिण कोरियाले आक्रमण गरेमा आणविक हतियार प्रयोग गर्न नहिचकिचाउने बताएको थियो।

उनको नेतृत्वमा उत्तर कोरियाले आफ्नो छ वटा आणविक परीक्षणहरू मध्ये चार सञ्चालन गरिसकेको छ भने विशाल आईसीबीएमहरु विकसित गरेको छ। ती आईसीबीएमहरु संयुक्त राज्यमा कहीँ पनि प्रहार गर्न सक्षम हुन सक्ने विश्लेषकहरूको विश्वास छ।

उनले त्यहाँका बासिन्दाहरूको जीवन सुधार गर्ने र अर्थतन्त्रलाई बढावा दिने प्रयास गरेका छन्। तर, हालका वर्षहरूमा अन्तर्राष्ट्रिय प्रतिबन्धहरू, कोभिड १९ सँगै गर्नु परेका लकडाउन र खराब मौसमका कारण यसले ठुलो कठिनाइको सामना गर्नुपरेको बताइएको छ । संयुक्त राष्ट्र सङ्घका एजेन्सीहरूले भने सम्भावित मानवीय सङ्कटको चेतावनी समेत दिएका छन्।

चैत २९, २०७८ मंगलबार ००:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।